काठमाडौँ। नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान कोटेश्वर स्थित महादेवस्थानमा रहेको एक व्यवसायीको घरमा खनाल–नेपाल र प्रचण्डबीच गोप्य वार्ता भएको श्रोतले बतायो।
तीनजना नेताहरुबीच बिहान साढे ८ बजेदेखि पौने १० बजेसम्म भेटवार्ता भएको हो।