मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रदेश १ का मुख्यमन्त्री

  • प्रकाशित मिति : 2021-03-26
  • nepaltale.com

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज (शुक्रबार) मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री राईले मन्त्रिपरिषदमा केही नयाँ अनुहारलाई ल्याउँदैछन् भने केही राज्यमन्त्रीलाई फुल मन्त्रीको जिम्मेवारी दिँदै छन् ।



माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री हुने भएका छन् ।

यस्तै, एमालेको माधव नेपाल समूहबाट ओली समूहमा आएकी उषाकला राई सामाजिक विकास मन्त्री हुने भएकी छन् ।

हाल राज्यमन्त्री रहेका रामबहादुर राना भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुने भएका छन् भने अर्का राज्यमन्त्री अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्री हुने भएका छन् ।

मुख्यमन्त्री राईले राज्यमन्त्रीमा दुई जना नयाँलाई नियुक्त गर्दैछन् । उदयपुरकी कला घले भूमि व्यवस्था, कृति तथा सहकारी राज्यमन्त्री हुने भएकी छन् भने मोरङका राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुने भएका छन् ।