भारतको धुलोले काठमाडौं धुम्म !

  • प्रकाशित मिति : २०७७ चैत्र १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राजधानी उपत्यकामा प्रदुषणका कारण तुवाँलोले ढाकिएको छ ।

घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ । मानिसहरुलाई आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन् ।



सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढेको छ । भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको मौसमविद्को भनाइ छ ।

भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको हो ।