काठमाडौं। काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (AQI) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार अपरान्ह काठमाडौंको Air Quality Index १९८ थियो। अर्थात् आज शुक्रबार काठमाडौं संसारका प्रदुषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुगेको छ। काठमाडौंपछि चीनको राजधानी बेइजिङ (१८८) र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो।
गृह मन्त्रालयका अनुसार पछिल्लो साता देशका विभिन्न ११० भागमा आगलागी भएको छ।