तुवालोका कारण बन्द भएको दुई घण्टा ४५ मिनेटपछि खुल्यो विमानस्थल

  • प्रकाशित मिति : २०७७ चैत्र १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको हवाइ सेवा सुचारु भएको छ । करिब साढे दुई घन्टापछि विमानस्थल खुलेको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता राजकुमार क्षेत्रीकाअनुसार केही बेरअघिबाट हवाई सेवा सुचारु भएको हो । ‘भिजीबिलीटी कम भएपछि दुई घण्टा ४५ मिनेट हवाई सेवा बन्द रह्यो’ उनले भने, अहिले केही सुधार भएपछि हवाई सेवा सुचारु भएको छ ।’



शुक्रबार तुवाँलोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान बन्द भएका थिए । जहाज उडानका लागि ८ सय मिटरको भिजिविलिटी हुनुपर्छ ।

भिजिबिलीटी कम भएपछि हवाई सेवा अवरुद्ध भएको थियो । साना जहाज अवतरणका लागि एक हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ भने ठूला जहाजको लागि २ हजार आठसय मिटर आवश्यक पर्छ ।