काठमाडौं । काँग्रेस नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ। नेता जोशीको शुक्रबार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो।
आज राती ८:३० बजे उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो।
मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो।
कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन्।