नेसन्स कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

  • प्रकाशित मिति : २०७७ चैत्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। त्रिदेशीय नेसन्स कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्।

बंगलादेशसँग फाइनल खेल्न लागेको नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री ओली रंगशाला जान लागेका हुन् ।



फाइनल खेल हेर्न प्रधानमन्त्री ओलीसहित केही मन्त्रीहरु रंगाशाला जान लागेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।