शनिवारसम्म स्कुल/कलेज बन्द गर्ने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७७ चैत्र १६, सोमबार
  • nepaltale.com

काठमाडौं । सरकारकाले उपत्यकामा ४ दिनसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेको भन्दै शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकामा तीनरचार दिनयता मौसम प्रतिकूल बनिरहेको छ।