काठमाडौं । ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिमको सुरुवाती ११ घोषणा भएको छ । यसअघिका खेलबाट सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ ।
रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ ।
यसअघि दुबै खेलमा रवि र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए ।विशाल र सुनिल बाहेक यसअघि सुरुवाती एघारमा रहेकै खेलाडी छन् ।
यस्तो छ प्लेइङ इलाभेन
गोलकिपर: किरण चेम्जोङ (कप्तान)
डिफेन्डर: रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर: त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल
फरवार्ड: अन्जन विष्ट