रक्सी पिएर काठमाडौंमा प्रहरीलाई कुटपिट गर्ने ३ जना पक्राउ

  • प्रकाशित मिति : २०७७ चैत्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मादक पदार्थ सेवन गरेर ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने ३ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई हातपात गरेको आरोपमा मंगलबार ३ जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–९ घर भइ ललितपुरको लगनखेल बस्ने ३० वर्षीय रिकेश पहरीसहित ३ जना छन् ।

मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट डिउटीमा खटिएका प्रहरी कर्मचारीले उनीहरुलाई सम्झाइ बुझाइ गर्न खोजेको थियो ।

प्रहरीले सम्झाइ बुझाइ गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई एक्कासी हातपात गरेपश्चात पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको ।

पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।