नायिका भुवन अभिनित ‘पल पल’ सार्वजनिक

  • प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
  • nepaltale.com

काठमाडौँं । नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द अभिनित म्युजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रहेको गीतमा गैरे शुरेषले संगीत भरेका छन् ।

गीतको भिडियो पनि गीतकार तारा अधिकारीले आफ्नै निर्देशन गरेका हुन् । जसमा भुवनको अलवा निर्देशक अधिकारी, शिशिर भण्डारीको पनि अभिनय देख्न सकिन्छ ।

शिव ढकालको छायाँंकन, नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको गीतको भिडियो चन्द्र विनायक फिल्म प्रोडक्शनले निर्माण गरेको हो ।