बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लियो रियल मड्रिड

  • प्रकाशित मिति : 2021-04-11
  • nepaltale.com

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एल क्लासिकोमा महत्वपूर्ण जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।



जितपछि शीर्ष स्थानमा पुगेको रियल मड्रिडको ३० खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा झरेको एथ्लेटिको मड्रिडको पनि ६६ अंक नै छ ।