विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी

  • प्रकाशित मिति : 2021-04-12
  • nepaltale.com

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी भएको पाइएको छ ।

महासंघको कार्यालययमा ताला फुटाइएको तथा केही सामान समेत हराएको पाइएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रोशन खड्काले जानकारी दिए ।



कार्यालयका कर्मचारीहरुले ताला फुटाएको पाइएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी कार्यालयमा पुगेपछि कार्यालयमा तलासी गर्दा केही सामान हराएको पाइएको हो ।

सोमबार बिहान कार्यालयका कर्मचारी पुग्दा ताला फोडिएको पाइएको विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले बताइन् ।

अध्यक्ष र आफ्नो कार्यकक्षका फर्निचरहरु तोडफोड भएका महासचिव भण्डारीले बताइन् । कार्यकक्षमा रहेका दराज समेत फोडेर कागजात समेत लिएर गएको देखिएको उनले बताइन् ।