प्युठान । प्रसिद्ध तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान स्वर्गद्धारी नगरपालिका–१ रुमालेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको हो ।
मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का एकजना छन् ।
स्थानीय प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते ४ जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।