काठमाडौं । शिक्षा, प्रविधि तथा जनसंख्या मन्त्रालयले केन्द्रले नभई स्थानीय तहले विद्यालय खुला वा बन्द गर्ने निर्णय गर्न सक्ने जनाएको छ।
कोरोना संक्रमणका कारण अति प्रभावित १४ जिल्लाका सबै विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयलले अपील गरेपनि मन्त्रालयले विद्यालय बन्द गर्ने/नगर्ने निर्णय स्थानीय तहले लिनसक्ने जनाएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना बढेकोले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न समेत आग्रह गरेका छन्।
