नेपाली गायक दिवेश पोखरेल दोस्रो पटक अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने

  • प्रकाशित मिति : २०७८ बैशाख ४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल (अर्थर गन) फेरि अमेरिकन आइडलमा देखिने भएका छन्।

अमेरिकन आइडलको १८ औं सिजनमा फस्ट रनर अप बनेका अर्थर १९ औं सिजनमा पनि प्रतिस्पर्धा गर्न लागेका हुन।



कोरोना भाइरसका कारण भर्चुअल भएको अडिसनमा स्टेजमा प्रस्तुती दिने मौका नपाएको भन्दै १८ औं सिजनका १० जनालाई फेरि मौका दिने निर्णय अमेरिकन आइडलले गरेको छ।

यसमा आर्थर गनसँगै गत संस्करणमा प्रतिस्पर्धा गरेका फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस छनोट भएका छन् । आइडलले राम्रो सम्भावना भएका तर यो बीचमा कुनै रेकर्ड लेबलसँग सम्झौता नगरेका गायकलाई दोस्रो मौका दिने निर्णय गरेको हो।

गतवर्ष प्रतिस्पर्धामा दोस्रो भएको दिवेशले यसपटक यो उपाधि जित्ने लक्ष्य लिएका छन्।

आफ्नो फेसबुक पेजमा आफू अमेरिकन आइडलमा सहभागी भएको भन्दै उनले भोट समेत मागेका छन्।