कोरोना संक्रमणबाट चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको निधन

  • प्रकाशित मिति : 2021-04-18
  • nepaltale.com

काठमाडौं । भारतीय चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ ।

उनको ८१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो ।



कोरोनाबाट संक्रमित भएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनका चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायत छन् ।

उनी सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गरिएको थियो ।