काठमाडौं। सरकारले विभिन्न ५ देशका लागि वैदेशीक अध्ययन स्विकृतीपत्र (एनओसी) वीतरण स्थगित गरेको छ। शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै जापान, अष्ट्रेलिया, दक्षिण कोरीया, बगंलादेश र चिनको लागि एनओसी स्थगित गरेको हो।
मन्त्रालयका उप–सचिव नारायण प्रसाद पोख्रेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘२०७८/०१/०९ गतेदेखी अर्को सुचना नभएसम्म वैदेशीक अध्ययन स्विकृतीपत्र जारी गर्ने कार्य बन्द गरिएको छ।’’
ति देशहरुमा अध्ययनरत विद्यार्थीहरुको हकमा भने एनओसी जारी गर्ने कार्य निरन्तर रहने जानकारी दिइएको छ।
