काठमाडौँ। त्रिकोणात्मक टी २० सिरिजमा नेपालले अहिले मलेसियासँग खेल्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुर मैदानमा जारी खेलमा नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा अभिनाश बोहराको स्थानमा कमलसिंह ऐरीलाई सुरुवाती ११ मा राखिएको छ । यस्तै साहब आलमको स्थानमा सुसन भारीलाई टिममा राखिएको छ ।
नेपालका लागि कमलसिंह ऐरीले टी २० मा डेब्यु गरेका छन । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत काठमाडौंमा नै भएको सिरिजमा एकदिवसिय क्रिकेटमा डेब्यु गरेका कमलले टी २० मा घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय खेल्न लागेका हुन ।
कमलको टी २० अन्तराष्ट्रियमा यो डेब्यु खेल हो । उनीसँगै यो सिरिजमा चार खेलाडीले टी २० मा डेब्यु गरेका छन । जसमा यसअघि कुशल भुर्तेल, साहब आलाम, आशिफ शेखले डेब्यु गरेका थिए ।
हेर्नुहोस् लाइभ खेल