कमल सिंह ऐरीले डेब्यूमै लिए २ विकेट

  • प्रकाशित मिति : २०७८ बैशाख ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले पाँचौ विकेट गुमाएको छ।

नेपालका लागि डेब्यू गरिरहेका कमल सिंह ऐरीले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई पाँचौ सफलता दिलाएका हुन्।



यो नै उनले अन्तर्राष्ट्रिय विकेट हो।

ऐरीले नवौं ओभरको दोस्रो बलमा सर्बिन मुनिन्डेलाई एलबिडब्लुको सिकार बनाए भने अन्तिम बलमा वीरेन्दिप सिंहलाई आसिफ शेखको हातबाट क्याच आउट गराए।यसअघि नेपालका लागि सोमपाल कामी २ र सुशन भारीले १ विकेट लिएका थिए।

सुशन भारीले विकेट लिएका हुन्। उनले आठौं ओभरको दोस्रो बलमा मलेसियाका लागि २१ बलमा ३१ रन बनाएर खेलिरहेका अहमद फैंजलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

यसअघि सोमपाल कामीले २ विकेट लिएका थिए।

कामीले आफ्नो स्पेलको पहिलो र दोस्रो ओभरमा समान १-१ विकेट लिएका थिए।