काठमाडौं। कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ।
शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन्।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाएका छन्।