मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने

  • प्रकाशित मिति : 2021-04-22
  • nepaltale.com

काठमाडौ । हिमाली जिल्ला मुस्ताङकोे प्रसिद्ध धार्मिक गन्तव्य मुक्तिनाथ मन्दिर शनिबारदेखि बन्द हुने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम नेपालमा पनि बढेकाले मुक्तिनाथसहित जिल्लाका सबै मठमन्दिर, गुम्बा ११ वैशाखदेखि ३१ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश पनि कोरोना संक्रमण बढेर १७ हजार ४०६ जनामा कोरोना पोजिटिभ देखिएकाले उक्त निर्णय गरिएको हो । हिजो सांसद महेन्द्रबहादुर थकालीको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जिसस मुस्ताङ, जिल्ला अस्पताल जोमसोम, तीनवटा सुरक्षा निकायका प्रमुख र पत्रकार लगायत उपस्थिति भएको जिल्ला सीसीएमसीको बैठकले ४ बुँदे निर्णय गरेको हो ।