दुई कुशल चम्किँदा नेपालको अहिलेसम्मकै ठूलो स्कोर

  • प्रकाशित मिति : २०७८ बैशाख ११, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतले नेपालले नेदरल्याण्डसामु २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिदेशीय शृङ्खलाको फाइनलमा निर्धारित २० ओभरमा नेपालले २ सय ३८ रन बनाएको हो ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।



कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए । कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे भने दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।