यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका नेपालका १० जिल्ला

  • प्रकाशित मिति : २०७८ बैशाख १४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छन् । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसअघि हिजो ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका थिए भने आज चितवन थपिएको हो ।



यसैगरी सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।