कोरोना तिव्ररुपमा फैलने सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा

  • Published Date : 2021-04-28
  • nepaltale.com

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो सयम कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलन दरको पहिलो नम्बरमा नेपाल रहेको जनाएको छ।

बुधबार नियमित पत्रकार सम्मेलनमा मार्फत मन्त्रालयले विश्वका सबै देशभन्दा नेपालमा छिटो गतिमा संक्रमण फैलिरहेको जनाएको हो।



अधिकारीहरुका अनुसार पछिल्लो एक हप्तामा संक्रमण दर २२८ प्रतिशतले बढेको छ।

यही गतिमा संक्रमणको दर बढ्दै गएमा दैनिक १५० जना गुमाउने अवस्थामा नेपाल पुग्ने अधिकारीहरुले बताएका छन्।