शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले लकडाउन खुल्ने वित्तिक्कै शैक्षिक संस्था नखुल्ने बताउँनु भएको छ।
शनिवार शिक्षा पत्रकार समुहले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापन सम्बन्धी आयोजना गरेको भर्चअल प्रेसमिटमा मन्त्री पोखरेलले देशभर २५० विद्यालय र क्याम्पसलाई अहिले क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताउँनुभयो।
सामाजिक दुरी कायम गर्दै पढाई सञ्चालन गर्नुपर्ने भएका कारण शैक्षिक संस्थाहरु सबैभन्दा अन्तिममा सञ्चालन गरिने उहाँले बताउँनु भयो।
भोलि बस्ने मन्त्रीपरिषद बैठकले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने उहाँको भनाई छ।