काठमाडौं। नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।