थप १८७ जनाको मृत्यु ८१६७ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७८ जेष्ठ १, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । ८१६७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् ।



यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।