आज एकैदिन ७,९८९ कोरोना संक्रमित निको भए, २४६ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ ५, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७,९८९ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको छ। यस्तै, सोही अवधिमा ८,०६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।