संक्रमितको संख्या ५ लाख नाघ्याे, आज ८६०७ संक्रमित थपिए

७८९० जना संक्रमित काेराेना मुक्त भएका छन् भने १७७ संक्रमितको मृत्यु

  • Published Date : 2021-05-21
  • नेपाल टेल

काठमाडौं । आज देशभर थप ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा पोजेटिभ देखिएको हो ।



यस्तै पछिल्लो २४ घण्टामा ७८९० जना संक्रमित काेराेना मुक्त भएका छन् भने १७७ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ निको भएका छन् भने ६ हजार २४ संक्रमितको मृत्यु भएको छ ।