कसले जित्ला उपाधि ? : ला लिगा र लिग वानमा विजेताको छिनोफानो आज

  • Published Date : 2021-05-22
  • nepaltale.com

एजेन्सी। स्पेन र फ्रान्समा शीर्ष डिभिजनको फुटबलको यो अन्तिम सप्ताहन्त हो र आज हुने खेलहरुले लिगको अन्त्येष्टीसँगै नयाँ च्याम्पियनको छिनोफानो गर्नेछन् । स्पेनमा एथलेटिको म्याड्रिड सात वर्षयता पहिलोपटक उपाधि जित्ने संघारमा छ, तर चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड अन्तिम खेलमा एथलेटिको चिप्लने आश गरेर बसेको छ ।

फ्रान्समा शीर्ष तीनमा रहेका क्लब लिल, पेरि सेन्ट जर्माइन र मोनाको बीच मात्र तीन अंकको दूरी छ । सिजनको अन्तिम दिनसम्म पिसजीभन्दा एक अंकले अघि रहेको शीर्ष स्थानको लिल सन् २०१०–११ पछि उपाधि जित्ने अभियानमा छ, उपाधिका लगि लिल केवल एक जितबाट टाढा छ ।