त्रिभुवन विश्वविद्यालयले स्नातक तहको बाँकी परीक्षा साउन भित्र सम्पन्न गर्ने

  • प्रकाशित मिति : २०७८ जेष्ठ ८, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको बाँकी परीक्षा साउन भित्र सम्पन्न गर्ने तयारी गरेको छ ।

परीक्षा कुन विधिबाट सञ्चालन गर्ने, कसरी सञ्चालन गर्ने भन्ने विषयमा अर्को बैठक भोलि बसेर विस्तृत छलफल गरी अर्को हप्ता सूचना जारी गरिने भएको छ ।