देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेपछि ओली आक्रोशित

  • प्रकाशित मिति : २०७८ जेष्ठ ८, शनिबार
  • nepaltale.com

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै ओलीले आक्रोश व्यक्त गरेका छन् । शनिबार दिउँसो बुद्धिवहादुर रायमाझीको ‘१६ वर्षे जेलजीवन’ बारे लेखिएको पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सभापति देउवाप्रति आक्रोश व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए ।

‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भने ।