वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन

  • प्रकाशित मिति : २०७८ जेष्ठ १०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। वरिष्ठ साहित्यकार डा.बानिरा गिरीको निधन भएको छ । ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ ।

२० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन हृदयघातले भएको जनाइएको छ ।



आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको हाे ।

विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् । उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् ।

कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।

उनका श्रीमान, एक छोरा र एक छोरी छिन् ।