फ्रेन्च लिगको उपाधि लिलीलाई

  • प्रकाशित मिति : २०७८ जेष्ठ १०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। फ्रेन्च लिग वानको उपाधि लिलीले जितेको छ ।

फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को दबदबा तोड्दै लिलीले लिग वानको उपाधि जितेको हो ।



सिजनको अन्तिम खेलमा आइतबार राति लिलीले एन्गर्सलाई २–१ ले हरायो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उसले उपाधि जितेको हो ।

लिलीले चौथो पटक लिग वानको उपाधि हात पारेको हो ।