युवा कमेडियन आदर्श मिश्रालाई पितृशोक

  • Published Date : 2021-05-25
  • nepaltale.com

काठमाडौंँ । युवा कमेडियन आदर्श मिश्रालाई पितृशोक परेको छ । उनका पिता विनोद मिश्राको निधन भएको बारे कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

बाराको जितपुरस्थित नगौल निम्न माध्यमिक विद्यालयका प्रिन्सिपलसमेत रहेका आदर्शका पिता विगत चार वर्षदेखि मिर्गौलाका बिरामी थिए ।