लकडाउन उल्लंघन हुन थालेपछि आजबाट थप कडाई

  • प्रकाशित मिति : २०७७ बैशाख १६, मंगलवार
  • nepaltale.com

काठमाडौं । सर्वसाधारणबाट लकडाउन उल्लंघन हुन थालेपछि आजबाट थप कडाई हुने भएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरी लकडाउन कडाई गर्न निर्देशन दिएको हो ।

अत्यावश्यक सेवा बाहेकका सवारी साधन चल्न नदिने, पास कडाईका साथ चेकजाँच गर्ने प्रहरीले बताएको छ । काठमाडौं उपत्यकामा आज बिहान मात्र २ सयभन्दा बढी सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउन उल्लंघन गर्ने सवारी साधन पनि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि सरकारले वैशाख २५ गतेसम्म लकडाउन जारी राखेको छ ।