काठमाडौं । चर्चित रियालिटी सो भ्वाइस अफ नेपालका जज समेत रहेका वरिष्ठ गायक दीप श्रेष्ठको कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार गायक श्रेष्ठको हाल ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका छन्। उनको कोभिड परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ।