राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।



केहीबेरमा अर्थमन्त्री विष्णु पौडेलले अध्‍यादेशमार्फत् आएको बजेट सार्वजनिक गर्नेछन् ।