कुन प्रदेश र स्थानीय तहले संघबाट कति पाए अनुदान ? (हेर्नुहोस् सूचीसहित)

  • Published Date : 2021-05-30
  • nepaltale.com

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।

आगामी वर्ष वित्तीय हस्तान्तरणका माध्यामबाट ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ प्रदेश र स्थानीय सरकारमा जाने छ । यसमध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तिय हस्तान्तरणका माध्यमबाट गएको छ ।



यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

कुन प्रदेश  र स्थानीय तहले कति बजेट पाए ?