विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने आइसीसीको निर्णय

  • प्रकाशित मिति : २०७८ जेष्ठ १९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको संख्या बढाएको छ ।

आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ ।



आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस्तै टी-ट्वान्टी विश्वकपको सन्२०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।