फ्रान्सद्वारा वेल्समाथि ३–० को सहज जित

  • प्रकाशित मिति : २०७८ जेष्ठ २०, बिहीबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। विश्व विजेता फ्रान्सले वेल्समाथि ३–० को जित दर्ता गरेको छ।

युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले बुधबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत १० खेलाडीमा सीमित भएको वेल्समाथि सहज जित दर्ता गरेको हो ।



फ्रान्सका लागि ३४ औँ मिनेटमा केलियन एमबाप्पे, ४७ औँ मिनेटमा एन्टोनी ग्रिजम्यान तथा ७९ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेका हुन् ।

२५ औँ मिनेटमा सीधै रातो कार्ड पाएर निको विलियम्स मैदानबाट बाहिरिएपछि वेल्स १० खेलाडीमा सीमित भएको थियो ।

बुधबार राति नै भएको खेलमा जर्मनी र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् । अजरबैजानले बेलारुस तथा जर्जियाले रोमानियालाई समान २–१ ले पराजित गर्दा नर्वेले लग्जेम्बर्गमाथि १–० को जित निकालेको हो ।