ताइपेइविरुद्ध नेपाल २-० ले विजयी

  • प्रकाशित मिति : २०७८ जेष्ठ २०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ ।

नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।