वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, अबस्था खतरा मुक्त

  • Published Date : 2021-06-07
  • nepaltale.com

काठमाडौं। अचानक मुटुमा समस्या आएपछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । आइतबार अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएको बताइएको छ ।

उनको मुटुको एन्जियोप्लास्टी गरिएको बताइन्छ । गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।



श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको अस्पताल श्रोतले जनाएको छ । हाल उनको अबस्था खतरा मुक्त रहेको छ । श्रेष्ठ केही अघि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए ।