हिमालय एयरलाइन्स चीन जाँदै

  • प्रकाशित मिति : २०७७ बैशाख १७, बुधबार
  • nepaltale.com

हिमालय एयरलाइन्स स्वास्थ्य सामग्री लिन भोलि (बिहीबार) चीनको ह्वान जाने भएको छ । कार्गो चार्टर्ड उडानका लागि हिमालयले मागेको उडान अनुमति नागरिक उड्डयन प्राधिकरणले दिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

यस्तै शुक्रबार बैंककबाट यात्रु लिन थाई लायन नेपाल आउने भएको छ । शुक्रबार यात्रु लिन थाई लायनले चार्टर्ड उडान अनुमति पाएको प्राधिकरणले जनाएको छ ।