दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले फेरि बरबारी खेलेको छ । आज विहान सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।

यो सँगै अर्जेन्टिना १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने कोलम्बिया ८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
२ गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम समयमा आफूलाई सम्हाल्न नसक्दा महत्वपूर्ण २ अंक गुमाउन बाध्य भयो ।



क्रिष्टियन रोमेरोले तेस्रो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रिगोको पासलाई सदुपयोग गर्दै रोमेरोले हेडर गोल गरेका थिए । लियोनार्दो पेरेजले आठौं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले शुरुमै २–० को अग्रता बनाउन सफल रह्यो । तर, दोस्रो हाफमा अर्जेन्टिनाले आफूलाई सम्हाल्न नसक्दा बराबरीमा चित्त बुझायो ।