लोकसेवाले माग्यो यति धेरै संख्यामा कर्मचारी, कुन पदमा कति ?

  • प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार
  • नेपाल टेल

काठमाडौं। प्रदेश २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

बिहीबार एक सुचना सार्वजनिक गर्दै आयोगले उपसचिवसहित २८ कर्मचारी माग गरेको हो ।



प्रदेश २ लोकसेवा आयोगका अनुसार अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन खोलिएको छ ।

दरखास्त बुझाउनका लागि आयोगले असार १६ सम्मको समय तोकेको छ त्यस्तै २३ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिनेछ ।