काठमाडौं । आउँदो वर्ष भारत र श्रीलंकामा हुने टी २० विश्वकप खेल्ने सबै २० टीमको टुंगो लागेको छ । ओमानमा जारी पूर्वी एसिया प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा टप ३ टिम निश्चित भएसँगै विश्वकपमा कोटा पूरा भएको हो ।
आज भएको म्याचमा यूएईले जापानलाई हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । नेपाल र ओमानपछि यूएईले स्थान बनाएको हो ।
आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्वकपमा आयोजकको रुपमा भारत र पाकिस्तानले स्थान बनाएका हुन् । सन् २०२४ मा भएको टी–२० विश्वकपमा शीर्ष–७ मा रहेका टोलीले पनि स्वत स्थान बनाइसकेका छन् ।
जसमा दक्षिण अफ्रिका, अष्टे«लिया, इग्ल्याण्ड, अफगानिस्तान, बंगलादेश, वेष्ट इन्डिज र अमेरिका छन् ।
आईसीसीको टी–२० को शीर्ष वरियतामा रहेका तीन देश पाकिस्तान, न्यूजिल्याण्ड र आयरल्याण्डले पनि विश्वकपको टिकट काटिसकेका छन् । बाँकी ८ टोलीले भने विभिन्न छनोट पार गरी विश्वकपमा स्थान पक्का गरेका हुन् ।
अमेरिका क्षेत्र छनोटबाट क्यानडा, युरोप क्षेत्र छनोटबाट इटाली र नेदरल्यान्डस्, अफ्रीका क्षेत्र छनोटबाट नामिबिया र जिम्बाब्बे विश्वकपमा पुग्दा एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमन र युएईले विश्वकपमा स्थान पक्का गरेका हुन् ।