करेन्ट लागेर दुईको मृत्यु

  • Published Date : 2021-06-11
  • nepaltale.com

काठमाडौं। दुई बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।

कमल ७ को लालधोन्द्रा गाउँमा पानी तान्ने मोटरबाट करेन्ट लागेर मावल आएका मोरङ् बेलबारीका १४ वर्षिय सन्देश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।



उनका मामा स्थानीय महेन्द्र धिमालको खेतमा पानी लगाउने क्रममा उनी करेन्ट लागि गम्भीर घाईते भएका थिए । तर उपचारका ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बिहीबार साँझ झापा अर्जुनधारा ३ की ८२ वर्षीया गलमायाँ खड्काको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।