लोकेन खतिवडाको गजल

  • प्रकाशित मिति : २०७८ जेष्ठ २८, शुक्रबार
  • लोकेन खतिवडा

किन जिन्दगी हरेस खाएर बस्छ?
कोइली यही बिलौना गाएर बस्छ !

व्यर्थै प्रेम गरेको रहेँछु तिमीलाई
भन, पिरती आफूले चाहेर बस्छ ?

ऊ फगत जलेर मात्र सकिएको होइन
चुरोट तिम्रो याद उडाएर बस्छ !

तिमीले जस्तै,छोडेर जान्छ रूखलाई चरो
त्यो रूखमा अर्कै चरो आएर बस्छ !!